अष्ट्रेलिया जित उन्मुख
जेठ ३१, एजेन्सी ।
वेष्टईण्डिज बिरुद्धको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया जित उन्मुख भएको छ । ३ सय ९२ रनको मध्ययम लक्ष्य पछ्याएको वेष्टईण्डिजले तेस्रो दिनको खेलको समाप्तिमा २ विकेट गुमाई १६ रन जोडेको छ । ओपनरहरु क्रेग ब्रेथवेट र राजेन्द्र चन्द्रिका डक आउट भएपछि वेष्टईण्डिजको ईनिङ्गस् संकटमा परेको हो । दुवै विकेट मिचेल स्टार्सले लिएका छन् । वेष्टईण्डिज पहिलो ईनिङ्गस्मा २ सय २० रनमा समेटिएको थियो । जासन होल्डरले नटआउट ८२ र जेरोमी ब्लाकउडले ५२ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । जोस हाजलउडले ५ र नाथन लियोनले ३ विकेट लिएपछि घरेलु टोली सस्तैमा समेटिएको हो ।
अष्ट्रेलियाले भने आफ्नो दोस्रो ईनिङ्गस् २ विकेटको क्षतिमा २ सय १२ रनमा डिक्लियर गरेको थियो । सन मार्सले ६९, डेभिड वार्नरले ६२ र स्टेभन स्मिथले नटआउट ५४ रन जोडेका थिए । पहिलो ईनिङ्गस्मा भने अष्ट्रेलियाले ३ सय ९९ रन जोडेको थियो । २ म्याचको सिरिजमा भ्रमणकारी टोली १–० ले अघि छ ।
ईङल्याण्ड र न्युजिल्याण्डबिचको तेश्रो एकदिबसिय खेल आज हुदैछ । खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजे लण्डनमा हुनेछ । पाँच एक दिबसिय खेल १–१ को बराबरीमा रहेको अबस्थामा दुबै टोलि जितको खोजीका साथ मैदान उत्रनेछन् । पहिलो खेलमा पाहुना टोलिमाथि फराकिलो जित दर्ता गरेको ईङल्याण्ड दोश्रो एकदिबसिय खेलमा भने नमज्जाले पराजित भएको थियो ।