सार्कका चार देशबीच यातायात सम्झौता हुने
जेठ, ३० काठमाडौं । नेपाल, बंगलादेश, भुटान, भारतका विच आउँदो सोमबार भुटानको थिम्पुमा महत्वपुर्ण यातायात सम्झौता हुने भएको छ ।
यसका लागि भौतिक योजना तथा यातायात मन्त्री बिमलेन्द्र निधि आजै थिम्पु जानुभएको छ ।यो सम्झौता कार्यान्वयनमा आएपछि चार देशका यातायातका साधनहरु बिना कुनै प्रतिवन्ध, चारै देशमा जान आउन बाटो खुल्नेछ ।
सम्झौता पुर्ण हुनका लागि चारै देशहरु विच पुन अर्को बेग्लै द्धिपदेशिय सम्झौता पनि गर्नु पर्नेछ । सम्झौता कार्यान्वयनमा आएपछि निर्वाध व्यक्तिगत र कार्गोयुक्त नेपाली यातायातका साधनहरु पनि विना अवरोध चारै देशमा आवतजावत गर्न पाउने छन् ।