१६ बुँंदे सहमतिले मुलुक द्धन्द्धमा जाने मोर्चाको दावी
काठमाडौं,२९ जेठ । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले शीर्ष चार दलबीच भएको १६ बुँदे सहमतिले मुलुकलाई द्वन्द्वमा फसाउने भन्दै सो सहमति अनुसार संविधान निर्माण नगर्न माग गरेको छ । मोर्चाले आज सभाध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउँंदै चार दल बिचको सहमती २०६२÷०६३ को राजनीतिक परिवर्तन तथा नेपाली जनताको भावना विपरितको भएको दावी गरेको छ । शीर्ष दलहरुले अन्य शक्तिहरुलाई संविधान निर्माणको काममा संलग्न नगराउने नियत देखाएको भन्दै मोर्चाका सहसंयोजक शोभाराम थापाले अन्यदलको सहभागितालाई बेवास्ता गरे संविधान स्वीकार नगर्ने चेतावनी दिनुभयो । ज्ञापन पत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले भने १६ बुँदे सहमतिले संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने बाटो सहज भएको बताउनुभयो ।