स्थानीय निकायको निर्वाचनका लागि नागरिक समाजको माग
काठमाडौं ,२९ जेठ । आगामी मंसिरभित्र स्थानीय निकायको निर्वाचन गर्न नागरिक समाजका अगुवाहरुले माग गरेका छन् ।पुनःस्थापना र पुनः निर्माण कार्यमा निर्वा्चित र जवाफदेही नेतृत्व आवश्यक रहेको भन्दै उनीहरुले स्थानीय निर्वा्चित सरकारको स्थापनाले दाता समूहको केही जायज शंकाहरुको निवारण गर्न सघाउ पुग्ने बताएका हुन ।
कनकमणि दीक्षित, चैतन्य मिश्र, चन्द्रकान्त ज्ञवाली, कुलचन्द्र गौतम, निलाम्बर आचार्य, सुबोध प्याकुरेल लगायतले अपील जारी गर्दै सर्वदलीय संयन्त्र भ्रष्टाचारको केन्द्रविन्दु भएको आम गुनासो रहेको भन्दै गैरकानुनी र गैराजनीतिक संयन्त्र कुनै पनि निहुँमा राहत र पुनःनिर्माणमा प्रयोग गर्न नहुने बताएका छन । विदेशबाट व्यक्ति र संस्थाले सहयोग गर्न खोज्दा सरकारकै कमजोरीले धेरै निराशा छाएको, राहतको गुणस्तर, मात्र र वितरण स्थानमा कमजोरी भएको र अत्यावश्यक सूचना प्रवाहमा सरकारबाटै अड्चन भएको उनीहरुले बताएका छन् ।