बालश्रम विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो
काठमाडौं,२९ जेठ । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । अन्तराष्ट्रिय श्रम संगठनको महासन्धि पारित गरिएको दिन १२ जुनमा यो दिवस विश्वभर मनाउने गरिन्छ । नेपालमा हाल २१ लाख ४० हजार बाल मजदुर भएको विभिन्न तथ्यांकले देखाएको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार हाल नेपालमा कलकारखाना र होटलहरुमा ४७ प्रतिशत, कृषि क्षेत्रमा ४४ प्रतिशत र अन्यमा ९ प्रतिशत बाल मजदुर छन् ।