सेभ द चिल्डेनलाई देश निकालाको आदेश
एजेन्सी । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्डे«नलाई देश छोड्न आदेश दिएको छ । अन्तर्राष्ट्रिय सहयोग एजेन्सी सेभ द चिल्डे«नलाई जासुसी गरेको आरोपमा पाकिस्तान सरकारले देश छाड्न आग्रह गरेको हो । पाकिस्तान सरकारले देश छोड्नका लागि १५ दिनको समय दिएको छ । पाकिस्तानको राजधानी इस्लामाबादस्थित संस्थाको राष्ट्रिय कार्यालयमा सिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सेभ द चिल्डे«नले बालबालिकाको पोलियो थोपा खुवाउने नाममा अलकायदाका नेता ओसामा विन लादेनको हत्या गराउन सघाएको आरोप लागाएको छ । सिल गरिएको सेभ द चिल्ड्रेनको कार्यालय अगाडि पाकिस्तानी प्रहरी ओसामालाई सन् २०१२ मा पाकिस्तानको क्वेटा सहरमा हत्या गर्ने योजनाका लागि जासुसी गरेर अमेरिकन एजेन्सी सिआइएलाई सूचना दिएको पनि आरोप लागेको छ । सेभ द चिल्ड्रेनले भने पाकिस्तान सरकारको आरोपलाई झुटो भन्दै ्र आपत्ति जनाएको छ