नेपालीले दुख पाए : प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोईरालाले संविधान निर्माण कार्य प्रकृयामा गैसकेकाले सहमतिमै लोकतान्त्रीक संविधान जारी हुने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कोईरालाले दलहरुबीच सहमतिको बिकल्प नरहेको भन्दै सबैको सहमति र एकतामा मुलुकको पून निर्माण गरिने बताउनुभयो । भूकम्पबाट धेरै नेपालीले दुख पाएको भन्दै स्वदेशमै रोजगारको सृजना गर्न सरकार लागि परेको बताउदै प्रधानमन्त्री कोईरालाले देश बाहिर कामको खोजीमा रहेका युवा शक्तिलाई स्वदेशमै रोजगार दिने अबस्था सृजन गर्न सरकार लागिपरेको बताउनुभयो ।
कार्यक्रममा भूकम्प प्रभावितका लागि पुन् समाज नेपालले २० लाख ७ हजार ७ सय ७७ रुपैया , पश्मिना उद्योग संघले १० लाख रुपैया , डोल्पा समाज साल्दाङ्गलेले ७ लाख रुपैया , काभ्रेको सहयोग र सरोकार नामक संस्थाले ५ लाख रुपैया, राष्ट्रिय आवास कम्पनी लिमिटेडले ३ लाख ८३ हजार ३ सय ६२ रुपैया , नामाखाख्युङ्ग जोङ्ग रिञ्जिन लिङ्ग गुम्बा र क्यानडेली नागरिक माइकल चोङ्गबाट १÷१ लाख रुपैया, मलेसियामा पुगेका नेपाली कामदारहरुले १ लाख २१ हजार ३ सय ७५ रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।