एमाओवादी बैठक स्थगित
काठमाडौं, २९ जेठ ।
एकीकृत माओवादीको केन्द्रिय कमिटि बैठक स्थगित भएको छ । अपरान्ह तीन बजेबाट संविधानसभा बैठक बस्ने भएपछि केन्द्रिय कमिटि बैठक स्थगित गरिएको सो पार्टीले जनाएको छ । संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनमाथिको छलफल आज सकिए केन्द्रिय कमिटि बैठक भोली नै बस्ने नेताहरुले बताएका छन् ।
बैठक संविधानका अन्तरबस्तुमा गत सोमवार राती भएको ऐतिहासिक सहमति र भुकम्पपछि जारी रहेको राहत, पुर्ननिर्माण र पुर्नस्थापनामा केन्द्रित हुने सो पार्टीले जनाएको छ ।