Live Streaming

उद्धारमा समस्या

सीता निरौला, ताप्लेजुङ्ग ।
प्रतिकुल मौसम र पहिरो झर्ने क्रम नरोकिएकाले ताप्लेजुङमा पहिरोमा फसेकाहरुको उद्धारमा समस्या भएको छ । अहिले विहानसम्म विभिन्न गाउँबाट मृत्यु भएका २१ जनाको शव प्राप्त भएको छ भने २७ जना अझै हराइरहेका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी निरौलाकाअनुसार अहिले दैवी प्रकोप उद्धार समितिको बैठक बसिरहेको छ ।  हेलिकप्टर समेत लैजान समस्या भएको र पानी पर्ने र पहिरो झर्ने क्रम जारी रहेको उद्धारमा कठिन भएको उहाँले बताउनुभयो । पहिरो प्रभावित लिङतेप सहित लिवाङ, थिङलावु, खोक्लिङ र सान्थाक गाविसका वासिन्दाहरु विस्थापित भएका छन ।

पहिरोबाट मेवा, मैवा र तमोरको त्रिवेणीस्थल ताप्लेजुङको दोस्रो ठूलो देभान बजारका वासिन्दा पनि सुरक्षित स्थानतर्फ सरिरहेका छन । नदीमा ठूलो बाढी आएपछि नदी किनारका सयौं बस्तीहरु अहिले जोखिममा छन ।