अपर तामाकोशीको सेयर बाँडफाँट हुदै
मनीषा अवस्थी, काठमाडौं ।
नागरिक लगानी कोषले आज अपर तामाकोशीको सेयर बाँडफाँट गर्दैछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कोषले ७५ दिन पछि अपरान्ह ४ बजेपछि सेयर बाँडफाँट गर्न लागेको हो ।
आयोजनाको सेयरका लागि २ लाख १० हजार लगानीकर्ताको २० अर्ब बराबरको आवेदन परेको नागरिक लगानी कोषका प्रवक्ता सुशीलकुमार अर्यालले जानकारी दिनुभयो । आयोजनाको दुई अर्ब ५५ करोड रुपैयाँको दुई करोड ५५ लाख कित्ता सेयर निष्काशन गरिएको उहाले बताउनुभयो ।
आवेदन दिनेमा लगानी कोष, नेपाल विद्युत प्राधिकरण, बीमा संस्थान, र सञ्चय कोषका कर्मचारीहरु छन् । स्थानीय वासिन्दाका लगि प्रक्रिया मिलाउने काम भइरहेकाले प्रक्रिया मिलाउन अझै केहि समय लाग्ने अर्यालको भनाई छ ।
कोषले गत जेठ १५ गते भित्र सेयर बाँडफाँट गरिसक्नु पर्ने भए पनि भूकम्पका कारण केहि ढिलाई भएको थियो ।