Live Streaming

एमाओवादीले सहमतिको समीक्षा गर्दै

काठमाडौं, २९ जेठ ।
एकीकृत माओवादीको केन्द्रिय कमिटि बैठक आज बस्दैछ । बैठक राजधानीको कोटेश्वरस्थित पार्टी केन्द्रिय कार्यालयमा बिहान ११ बजेपछि सुरु हुनेछ । दलहरुबीच भएको १६ बुँदे एतिहासिक सहमति पछि संविधान निर्माणले लिएको गति र पार्टीको भावी अडानबारे छलफल गर्न बैठक आव्हान भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

संघीयताका बिषयमा झण्डै ७ बर्ष लिदै आएको अडानमा हदैसम्म लचिलो भएको एकीकृत माओवादीले सीमाङ्कन र नामाङ्कन बिना नै सुरु भएको संबिधान लेखन सम्बन्धमा थप छलफल गर्न लागेको हो । छोटो समयका लागि मात्र बस्ने तयारी भएको बैठकमा भुकम्पपछिको अवस्था, राहत, पुर्ननिर्माण र पुर्नस्थापनाबारे समेत कुराकानी हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टीले सञ्चालन गरेको पुर्नस्थापना र पुर्ननिर्माण सम्बन्धि १५ दिने अभियानको समीक्षा गर्दै आगामी कार्ययोजना समेत तय गर्ने तयारी भएको प्रवक्ता शर्माको भनाईछ ।