२७ दिन पछि ठूलो पराकम्प
काठमाडौं, २९ जेठ ।
बितेको २४ घण्टामा ४ वटा भूकम्पका पराकम्प महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्र बनाएर २ तथा गोरखा र धादिङलाई केन्द्र बनाएर एक एक पटक परामकम्प गएका छन् । मापन केन्द्रका अनुसार गएराती ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५ दशमलव ३ म्याग्निच्युडको परामकम्प गएको छ । यो पछिल्लो २७ दिनमा गएको सवैभन्दा ठूलो परामकम्प पनि हो । यसअघि गत जेठ २ गते शनिबार ५ दशमलव ५ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।
यस्तै आज विहान १ बजेर २२ मिनेटमा गोरखा र हिजो बिहान १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्द् बनाएर ४ दशमलव ६ म्याग्निच्युडको धक्का मापन गरिएको छ । यसैगरी हिजो बिहान १२ बजेर २६ मिनेटमा धादिङ केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको धक्का मापन भएको केन्द्रले जनाएको छ ।