Live Streaming

आईक्यानमा निर्वाचन हुँदै

मनीषा अवस्थी, काठमाडौं ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था ‘आईक्यान’को सातौं परिषद्को निर्वाचन आज हुँदैछ । आइक्यानको १७ सदस्यीय कार्यसमितिमा १४ पदका लागि निर्वाचन हुन लागेको हो । आईक्यान र महालेखापरीक्षकको कार्यालयका कर्मचारीहरूको सहयोगमा निर्वाचन हुने आइक्यान अध्यक्ष नरेन्द्र भट्टराईले जानकारी दिनुभयो । बाँकी तीन पदमा सरकारले मनोनयन गर्नैछ । १४ पदमध्ये १० जना चार्टर्ड एकाउण्टेण्ट्स र चारजना दर्तावाला लेखापरीक्षक (रजिष्टर्ड अडिटर) बाट कार्यसमितिमा छनोट हुनेछन् ।

निर्वाचनमा चार्टर्ड एकाउण्टेण्ट्सका तर्फबाट १८ जनाले उम्मेदवारी दिएका छन् । चार्टर्ड एकाउण्टेण्ट्सतर्पmका उम्मेदवार छान्न ८ सय २१ जनाले मतदान गर्नेछन् । यसैगरी, दर्तावाला लेखापरीक्षकतर्फ ४ हजार ३ सय ६९ जना मतदाता रहेका छन् । लेखापरीक्षकतर्पm ४ ओटा पदका लागि ८ जना लेखापरीक्षक प्रतिस्पर्धामा रहेको भट्टराईले जानकारी दिनुभयो । निर्वाचन अधिकृतका रूपमा महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक बाबुराम गौतम रहेका छन् ।