संघीयतामा मधेशी दलको फरक मत
२८ जेठ,काठमाण्डौ । मधेशी दलहरुले राज्य पुनसंरचना गर्दा ११ प्रदेश बनाउनुपर्ने माग सहित संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा फरक मत दर्ता गराएका छन् ।
फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना र तराई मधेश सद्भावना पार्टीले संयुक्त रुपमा दर्ता गरेको फरक मतमा राज्यपुनसंरचना आयोगले पेश गरेको प्रतिबेदनकै आधारमा एक गैरभौगोलिक सहित ११ प्रदेश बनाउनुपर्ने माग गरिएको छ ।
उनीहरुले आदिवासी र स्थानीय समुदायलाई अग्राधिकार दिनुपर्ने, प्रत्येक नेपाली नागरिकको सन्तानले बंशजको आधारमा नागरिकता पाउनुपर्ने लगायत प्रस्ताव गरेका छन् ।
यसअघि हिजो राप्रपा नेपालले पनि संबैधानिक राजसंस्थाको ब्यवस्था हुनुपर्ने माग गर्दै समितिमा फरक मत दर्ता गराईसकेको छ । यी सबै फरक मतसहितको प्रतिबेदन संविधानसभाको पूर्ण बैठकमा पठाउने तयारी संवाद समितिले गरेको छ ।