संबाद समितिमा छलफल जारी, समितिले आजै प्रतिबेदन पारित गर्ने
२८ जेठ, काठमाण्डौ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा उपसमितिले पेश गरेको प्रतिबेदनमाथि छलफल भइरहेको छ । उपसमितिले बारम्बार छलफल गरे पनि बहुलबाद, संविधान संसोधन,संक्रमणकालिन ब्यवस्थाबारे सहमति जुट्न नसकेपछि असहमति नजुटेकै प्रतिबेदन समितिमा पेश गरेको हो ।
यी बाहेक सहमति जुटेका बिषयहरु समितिले पारित गरेर आजै संविधानसभाको बैठकमा पेश गर्ने छ । सहमतिको प्रस्तावलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आजै पारित गरेर संविधानसभामा पठाउने गरि तयारी गरेको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
सहमति हुन बाँकी अधिकांश विषय टुङ्गिएको जानकारी दिँदै सभापति भट्टराईले विवादित विषयलाई टुङ्गयाउने विधिसमेत तय भएको बताउनुभयो । आजै संवाद समितिले पारित गरेर सहमतिको सो प्रतिवेदन संविधानसभामा पठाउने उनले जानकारी दिए । विवादित विषयमा उपसमितिले सहमति जुटाउन नसकेपछि आजै प्रमुख दलका शीर्ष नेताहरुको छलफलले टुङ्गो लगाएको थियो । दलहरुबीच यसअघि सहमति भएको विषयमा समेत पुनः विवाद भएपछि सहमतिका लागि केही समय लागेको हो ।
यसअघि प्रमुख चार दलबीच सहमति भएको १६ बुँदे सहमतिको बुँदा सातमा रहेको ’देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ ।’ भन्ने वाक्यलाई कांग्रेसले संविधानमा सम्बोधन गर्न भनेपछि विवाद बढेको थियो ।
कांग्रेसको यो प्रस्तावमा एमाले र एमाओवादीका सदस्यले असहमति जनाएको उपसमितिका सदस्य दिलनाथ गिरीले जानकारी दिनुभयो । संवैधानिक समितिले पारित गरेको सहमतिको प्रस्ताव आजै राति बस्ने संविधानसभाको बैठकमा पेश हुने भएको छ ।