जिहादी विरुद्ध संघर्ष गर्न अष्ट्रेलियाको आग्रह
एजेन्सी । अस्ट्रेलियन प्रधानमन्त्री टोनी एबटले जिहादीविरुद्ध संघर्ष गर्न एशियाली मुलुकहरुलाई आग्रह गर्नुभएको छ । सिड्नीमा आयोजित एक आतंकवाद विरोधी सम्मलेनमा बोल्दै उहाँले इस्लामिक स्टेटको विश्वभर फैलने योजना रहेकाले सचेत रहन आग्रह गर्नुभयो ।
अस्टेलियाले आफ्ना एकसयभन्दा बढी नागरिकहरु सिरीया र इराकमा आइएस विद्रोहीसँग संघर्ष गरिरहेको समेत जानकारी दिएको छ । सो सम्मेलनमा मलेसिया, सिंगापुर, जापान, लाओस, भियतनाम र न्युजिल्याण्डलगायत २५ देशको सहभागिता रहेको छ । २ दिने सो क्षेत्रीय सम्मलेनमा फेसबुक, ट्विटर, गुगललगायतका सामाजिक संजालका प्रतिनिधीहरुको समेत सहभागिता रहेको बिबिसीले उल्लेख गरेको छ ।