Live Streaming

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नबिल बैंक सहयोग

काठमाडौं,२८ जेठ । भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी तथा विदेशी संघ सस्थाले रकम जम्मा गर्ने क्रम जारी छ । भूकम्प प्रभावितको सहयोगार्थ नबिल बैंक लिमिटेडले कोषमा २ करोड १ लाख रुपैयाँं सहयोग गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।