दलहरुको सहमतिको एनआरएनले गर्यो स्वागत
काठमाडौं, २८ जेठ । मुख्य दलहरुबीच भएको १६ बुँंदे सहमतिको गैर आवसिय नेपाली संघ एनआरएनले स्वागत गरेको छ । एनआरएन अध्यक्ष शेष घलेद्धारा जारी विज्ञप्तिमा दलहरुबीच भएको सहमतिले संविधान निर्माणले पूर्णता पाउनेमा विश्वास व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ,भूकम्प पछि दलहरुले गरेको सहमतिले मुलुकले नयाँ संविधान पाउने र राजनीतिक स्थिरता कायम भइ मुलुकको पुनःनिर्माण र आर्थिक सम्वृद्धिको मार्गमा अघि बढ्ने एनअरएनको विश्वास छ । नेपलको पून निर्माणमा एनआरएनले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ ।