विकास ऋणपत्र २०८१ जारी हुँदै
काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैङ्कले आज ५ अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्रमा बैङ्क तथा वित्तीय संस्थालगायत व्यक्तिगत लगानीकर्ताले अपरान्ह ३ बजेसम्म अनलाइन सिष्टमबाट आवेदन दिन सकिने नेपाल राष्ट्र वैङ्कका प्रवक्ता मीनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । ९ वर्षे अवधि रहेको यो ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । बैङ्क तथा वित्तीय संस्थाले प्रतिस्पर्धीका रूपमा निष्कासित ऋणपत्रको करीब ८० प्रतिशत र अप्रतिस्पर्धीले २० प्रतिशत रकमका लागि आवेदन दिन सक्नेछन् । अप्रतिस्पर्धीमा बैङ्क तथा वित्तीय संस्थाबाहेकका अन्य सबैले भाग लिन सक्ने श्रेष्ठले जानकारी दिनुभयो ।