Live Streaming

शान्तीसैनिकहरूले नै गरे शारीरिक शोषण

एजेन्सी, २२ जेठ । हैटी र लाइबेरियामा रहेका शान्ती सैनिकहरूले सामान तथा पैसा दिएर त्यहाका महिलासंँग नियमित शारीरिक शोषण गर्ने गरेको खुलेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार लाइबेरियामा रहेको भोकमरी र गरीबीको रेखामुनी रहेका महिला विभिन्न जिन्सी सामान तथा पैसामा शारीरिक सम्बन्ध राख्न तयार हुने गरेको रिपोर्टमा उल्लेख गरिएको बिबिसीले जनाएको छ ।

त्यस्ता महिलालाई सैनिकहरूले नगद, कपडा, मोबाइललगायतका समान दिने गरेको रिर्पोटमा उल्लेख छ । शोषणमा पर्नेहरूमा एक तिहाई बालिका रहेको बताइएको छ ।