Live Streaming

​दाता सम्मेलनमा ६३ राष्ट्र तथा दातालाई निम्तो

काठमाडौं, २८ जेठ । अर्थ मन्त्रालयले आगामी असार १० गते गर्ने दाता सम्मेलनको तयारी तीव्र पारेको छ । मन्त्रालयले दाता सम्मेलनका लागि ३६ राष्ट्र र २७ संस्था गरी ६३ राष्ट्र तथा संस्थालाई निमन्त्रणा पठाएको छ । मन्त्रालयले गत साता सम्मेलनमा सहभागी भइ विपद्को यस समयमा नेपाललाई सहयोग गर्न आग्रह गर्दै सो निमन्त्रणा पठाएको अर्थसचिव सुमनप्रसाद शर्माले जानकारी दिनुभयो । 
सम्मेलनमा भाग लिन चाहने राष्ट्र वा संस्थाले  आगामी असार ६ गतेसम्म नाम दर्ता गराइ सक्नुपर्ने बताइएको छ । सम्मेलनमा भाग लिनका लागि नेपाललाई विगतदेखि विकासमा सहयोग पु¥याउँदै आएका विकास साझेदार र भूकम्पका बेला राहत तथा उद्धारमा सहयोग पु¥याएका सार्क सदस्य राष्ट्रसहित बेल्जियम, स्पेन, कतार, टर्की, ब्राजिल, लग्जेम्बरलगायतका राष्ट्रलाई पनि निमन्त्रण पठाइएको अर्यालले जानकारी दिनुभयो ।