अपडेट: ताप्लेजुङको पहिरोमा ३५ बढी पुरिए
सीता निरौला, ताप्लेजुङ ।
ताप्लेजुङका ६ वटा गाविसमा गएराती गएको पहिरोमा परी तीन दर्जन बढी पुरीएका छन् । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईका अनुसार पहिरोमा पुरिएका मध्ये हाल सम्म १५ जनाको शव फेला परेको छ भने १५ जना भन्दा वढी पहिरोमा पुरिएर वेपत्ता छन् । मृतक मध्ये खोक्लिङका सविन मादेन, वसन्त विक र लिङतेपकी मनमाँया लिम्वुको पहिचान भएको छ भने अन्यको पहिचान खुल्न सकेको छैन । मृत्यु हुने १५ मध्ये १२ जना लिङतेपका वासिन्दा रहेको पनि भट्टराईले जानकारी दिनुभयो । तर स्थानियले भने ३५ वढीको मृत्यु भइसकेको वताएका छन् । पहिरोवाट लिवाङ र थिङलावु गाविसमा सवैभन्दा वढी क्षती भएको छ ।
स्थानिय बासिन्दाले भने लिवाङ गाविसमा मात्रै १८ जना पुरीएको वताएका छन् । लिवाङको वाड्ं २ मा १२ जना पुरीएको स्थानिय शिक्षक मात्रीका शेर्पाले बताए । त्यस्तै वाड्नं ३ मा ६ जना पुरीएको स्वास्थ्य चौकिका इञ्चार्ज भरत विकले बताए । विकका अनुसार उनिहरुको शव निकालिएको छ । थिङलावु गाविसमा १३ जना पुरीएका छन् भने सान्थाक्रा र खोक्लिङ गाविसमा तीन÷तीन जना पुरीएको स्थानियले वताएका छन् । स्थानियका अनुसार उनीहरुको पनि शव निकालिसकिएको छ ।
पहिरो र मेवा खोलामा आएको बाढिले थुम्वेवा प्रावि लिवाङ २, नाक्ला प्रावि सावादिनको विद्यालय भवन बगाएको छ । मेवा खोलाको पहिरोले दुई वटा झोलुङगे पुल बगाएको छभने आठ वटा घर भएको रामदुवाली बजार बगाएको छ । जिल्लाकै दोश्रो ठुलो दोभान बजारका बासिन्दालाई भने राती देखिनै सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उद्धारका लागि प्रहरी र नेपाली सेनाको टोलि खटिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैविच राहत तथा उद्धारका लागि ताप्लेजुङ्ग जाँदै गरेको नेपाली सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण बिराटनगरमा रोकिएको छ । ताप्लेजुङका सभासद डम्वरध्वज तुम्वाहाम्फे, प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौला र ससस्त्र प्रहरी प्रमुख सुधिर सुवेदीको टोली प्रतिकुल मौसमका कारण ताप्लेजुङ तर्फ जान नसकेको हो । मौसममा सुधार आउना साथ राहत तथा उद्धारका लागि घटनास्थल तर्फ जाने सभासद तुम्वाहाम्फेले जानकारी दिए । राहत तथा उद्धारका लागि काठमाडौंवाट आउन लागेको अर्को नेपाली सेनाको अर्को हेलिकोप्टर पनि प्रतिकुल मौसमका कारण आउन नसकेको वताइएको छ ।