बाधक बन्यो बर्षा
जेठ २८, एजेन्सी ।
ईण्डिया र बंगलादेशबीचको एकमात्र टेष्ट क्रिकेटको दोस्रो दिनको खेल समेत बर्षाले प्रभावित भएको छ । पहिलो दिनको खेल हिजो बर्षाका कारण ५६ ओभरमा मात्र सम्भव भएको थियो । बर्षा नरोकिएपछि दोस्रो दिनको खेल अझै सुरु हुन सकेको छैन । फतुल्लाहमा टस जितेर ब्याटिङ्ग गरेको भ्रमणकारी टोली ईण्डियाले उत्कृष्ट सुरुवात गर्दै पहिलो दिनको खेलको समाप्तिमा बिना क्षति २ सय ३९ रन जोडेको छ । शिखर धवन १ सय ५० र मुरली विजय ८९ रनमा क्रिजमा छन् ।
बिराट कोहलीको कप्तानीमा बंगलादेशमा रहेको ईण्डियाले थप ३ वटा वन डे म्याच समेत खेल्नेछ ।