अमेरिकाले विशेष सेना इराक पठाउने
जेठ २८, एजेन्सी ।
स्लामिक स्टेट आइएस विरुद्ध लडाइमा रहेका सरकारी सेनालाई सेनालाई प्रशिक्षण दिनका अमेरीकाले थप ४ सय ५० विशेष सैनिक इराक पठाउने भएको छ । इराकी प्रधानमन्त्री हैदर अल अबादीको आग्रहमा अमेरिकाले सेना इराँक पठाउन लागेको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसलाई उद्दृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइएससंग लडाइ गर्नका लागि अमेरिकाले रणनिति तयार पारिरहेको यसअघि नै बताउनुभएको थियो । बिद्रोही आइएसले गत मे महिनामा इराकको सबैभन्दा ठूलो प्रान्त अनबरको राजधानी रमादी कब्जा गरेको थियो । वाशिंङटनको राष्ट्रिय सुरक्षा काउन्सिलले इराकी सेनालाई तालिम दिने बारे बिचार गरिरहेका जनाएको छ ।