Live Streaming

दाता सम्मेलनमा ६३ राष्ट्र तथा दातालाई निम्तो

मनीषा अवस्थी, काठमाडौं ।
अर्थ मन्त्रालयले आगामी असार १० गते गर्ने दाता सम्मेलनको तयारी तिब्र पारेको छ । मन्त्रालयले दाता सम्मेलनका लागि ३६ राष्ट्र र २७ संस्था गरी ६३ लाई निमन्त्रणा पठाएको छ । मन्त्रालयमा गतसाता भएको छलफलमा विपद्को यस समयमा नेपाललाई सहयोग गर्न आग्रह गर्दै सो निमन्त्रणा पठाएको अर्थसचिव सुमनप्रसाद शर्माले जानकारी दिनुभयो ।

सम्मेलनमा भाग लिन चाहने राष्ट्र वा संस्थाले आगामी असार ६ गतेसम्म नाम दर्ता गराईसक्नुपर्ने छ । सम्मेलनमा भाग लिन नेपाललाई विगतदेखि सहयोग पु¥याउँदै आएका विकास साझेदार र भूकम्पका बेला राहत तथा उद्धारमा सहयोग पु¥याएका सार्क सदस्य राष्ट्रसहित बेल्जियम, स्पेन, कतार, टर्की, ब्राजिल, लग्जेम्बरलगायतका राष्ट्रलाई पनि निमन्त्रण पठाइएको अर्यालले जानकारी दिनुभयो ।

नेपालले विकास साझेदार संस्था तथा अन्य राष्ट्रसँग पुनर्निर्माण तथा पुर्नवासका लागि अनुदान सहयोग लिन खोजिरहेको छ । अर्थ मन्त्रालयले पुनर्निर्माणको लागि कम्तीमा १ खर्ब ५० अर्ब बजेट जुटाउनु पर्ने वाध्यता रहेको छ ।