Live Streaming

संखुवासभामा पाँच वटा झोलुङगे पुल बगायो

छेटु शेर्पा, संखुवासभा ।
बुधबार राती देखि बिहिबार बिहानसम्म परेको पानीका कारण जलजला र चैनपुर नगरपालिका हुदै बग्ने हेवाखोलाको पाँच वटा झोलुङगे पुल बगाएको छ । यस बर्षकै ठुलो पानी परेका कारण जलजला–१ चौरीखर्क,जलजला–४ कोकले आसपासका चार वटा पुल बगाएको हो । पुल बगाए पछि जलजलाबासी इलाका स्तरीय काम लिएर चैनपुर जान र अत्यावस्यक सामाग्री खरिद गर्न जान समस्या भएको सिंहेश्वरी माध्यमिक विद्यालयका प्रधानध्यापक थीरबहादुर राईले बताउनुभयो ।

बाढीकाकारण जलजला–४ दोभानेका बस्ती पुरै बिस्थापित भएको छ । बस्ती हाल नजिकैको सुरक्षित स्थानमा सरेको स्थानीयहरुले बताए । बाढीले थप क्षति पु¥याएको हुन सक्ने भन्दै यसको बिवरण संकलनमा जुटिरहेको जलजला–१का पुर्व अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिनुभयो ।