Live Streaming

पद्यमसुन्दर लावतीको निधन

काठमाडौं, २७, जेठ ।

पूर्वमन्त्री तथा राप्रपा नेपालका नेता पद्यमसुन्दर लावतीको आज बिहान निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित लावतीको उपचारका क्रममा आज बिहान राजधानीको थापाथलीस्थित नर्बिक अस्पतालमा निधन भएको हो । समस्या थप बल्झिएपछि उहाँलाई गत २३ गते अस्पताल भनाई गरिएको थियो ।

पञ्चायतकालदेखि बारम्बार मन्त्री हुँदै आएका ७६ बर्षीय लावती पछिल्लो समय भने राप्रपा नेपालको सहअध्यक्ष हुनुहुन्थ्यो । पार्टी संवैधानिक राजतन्त्र र सनातन हिन्दुराज्यको अवधारणाबाट पछि हट्न खोजेको भन्दै अध्यक्ष कमल थापाको बिरोध गरेपछि लावती पार्टीबाट निस्कासनमा परेका थिए । राप्रपा नेपाल नै नाम गरेको समानान्तर पार्टी सञ्चालन गर्दै आएका लावती नयाँ पार्टी खोल्ने प्रक्रियामा हुनुहुन्थ्यो ।