देल्लीका कानुनमन्त्री पक्राउ
जेठ २६, एजेन्सी ।
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा भारतीय प्रहरीले देल्लीका कानुनमन्त्री जितेन्द्र सिं तोमरलाई पक्राउ गरेको छ । तोमरलाई पक्रेर अहिले दिल्लीको हौस खास प्रहरी कार्यालयमा लगिएको छ ।
कुनै पुर्व सुचना विना नै तोमरलाई पक्रिएको आम आद्मी पार्टीका कार्यकर्ताले आरोप लगाएका छन् । उनको पक्राउले भाजपा नेतृत्वको केन्द्र सरकार र आम आद्मी पार्टीको दिल्ली सरकारबीच द्धन्द बढ्ने विश्लेषकहरुले बताएका छन् ।