Live Streaming

एचएसबीसी बैकले २० हजार कर्मचारी कटौती गर्ने

जेठ २६, एजेन्सी ।  
युरोपको चर्चित एचएसबीसी बैकले बिश्बभरका आफ्ना बिभिन्न शाखाबाट २० हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । लागत कटौती र ब्यापारलाई सरलीकरणका लागि ति कर्मचारी कटौतीको निर्णय गरिएको बीबीसीले जनाएके छ । कटौतीमा पर्ने कर्मचारीहरु मध्ये बेलायतबाट मात्रै ८ हजार रहने बैकले जनाएको छ । 

बैकले आफ्ना २ लाख ६६ हजार कर्मचारी मध्ये  ७ प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । सो बापत  २ दशमलब ६ बिलियन बार्षिक खर्च कम हुने बैकको अनुमान छ ।