रुसमाथिको प्रतिबन्ध जारी
जेठ २६, एजेन्सी ।
जर्मनीमा सम्पन्न जी सेभेन राष्ट्रहरुले रुसमाथिको प्रतिबन्ध जारी राख्ने सहमति गरेका छन् । २ दिन सम्म चलेको बैठकमा युक्रेनसंग संर्घषबिराम नहुन्जेल रुस माथिको प्रतिबन्द्ध यथाबत राख्न सदस्य राष्ट्रहरु एकमत भएका हुन् ।
सम्मेलनमा ग्रीसको ऋण संकट र जलबायु परिबर्तनको असरबारे पनि छलफल भएको थियो । ग्रीसको ऋण संकट समाधानका लागि बिभिन्न सहयोगि कदम आबश्यक रहेको समेत सम्मेलनले निष्कर्ष निकालेको छ । बैठकमा बिश्वब्यापि समस्याको रुपमा रहेको आतंकबादको प्रभाब घटाउने बिषयमा पनि छलफल भएको थियो । सम्मेलनमा अमेरिका, जापान, जर्मन, ईटाली, बेलायत, फ्रान्स र क्यानडाका राष्ट्रप्रमुखहरु सहभागि थिए ।