Live Streaming

महिनौ भयो तर बाटो खुलेन .......

छुटु शेर्पा, संखुवासभा ।
बर्खा मौसम सुरु हुनै लाग्दा संखुवासभाको उत्तरी भोटखोला क्षेत्र किमाथाङका, हटिया र चेपुवा गाविस प्रवेश गर्ने बिभिन्न चार स्थानमा पहिरो नहटउँदा स्थानीयबासीको जनजीवन कष्टकर बनेको छ । महिनौं अघि खसेको पहिरोका कारण यातायात समेत अवरुद्ध भएपछि भोटखोलाबासीलाई खाद्यन्न लगायत अत्याबश्यक सामाग्री ढुवानीमा समस्या भएको छ । पहिरोले अवस्द्ध सडक खुलाउने प्रयास नहुँदा खाद्यन्न संकट देखिएको छ ।


बर्खा लाग्न अघिनै ती गाविसबासीले खाद्यन्न खरिद गरी खच्चरबाट ढुवाँनी गर्ने चलन भए पनि बाटो बन्द भए पनि समस्या शुरु भएको हो । उवा, कोदो र आलु मात्र उत्पादन हुने सो क्षेत्रमा उत्पादित अन्नले तीन महिना मात्र खान पुग्ने जिल्ला खाद्य आपुर्ती समितिको तथ्याङ्क छ ।


प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बाटो खुलाउन पहल शुरु भएको र जिविससँग परामर्श गरी पुननिर्माणका लागि निर्देशन दिईएको जानकारी दिनुभयो ।