भावी प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठको नाम सिफारिस
काठमाडौं, २६ जेठ ।
संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा बरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहको कार्याकाल आगामी असार २३ गते सकिने भएपछि परिषद्को आजको बैठकले सो पदमा श्रेष्ठलाई सिफारिस गरेको हो । संविधानत: संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिसमक्ष नियुक्ति र सपथका लागि पठाइने छ।
बहालबाला प्रधान्यायाधीश रामकुमारप्रासद शाहको समायवधि असार २३ गतेबाट सकिँदैछ। बागलुङ स्थायी घर भएका श्रेष्ठ झन्डै ११ महिना प्रधान्यायाधीश हुनेछन्। श्रेष्ठका मौलक हक र महिलाका सम्पत्तिका अधिकार, व्यक्तिक स्वतन्त्रता, द्वन्द व्यवस्थापन र दण्डहितना रोक्ने सम्बन्धी ुल्यान्डमार्कु फैसलाहरु छन्।