Live Streaming

दलहरु ८ प्रदेश नजिक

काठमाडौं, २५ जेठ ।
दलहरु संघीयताका विवादित बिषयमा सहमतिको थप नजिक पुगेका छन् । आज बिहान वालुवाटारमा बसेको प्रमुख चार राजनीतिक पक्षबीचको बैठक ८ प्रदेश बनाउने निश्कर्ष नजिक पुगेको नेताहरुले बताएका छन् । बैठकबाट बाहिरिदै कंग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले बरिष्ठ नेता झलनाथ खनाल, कँगे्रेस प्रवक्ता दिलेन्द्र बडु र नेता रमेश लेखक तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रदेशको संख्यामा दलहरु सहमतिको नजिकै पुगेको जानकारी दिनुभयो ।

साँझ ५ बजे फेरि बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिने उनीहरुको भनाईछ । कंग्रेस र एमालेको ६ प्रदेशको प्रस्ताव तथा एकीकृत माओवादी र मधेशी मोर्चाको १० प्रदेशको प्रस्तावमा मध्यमार्गी बिकल्प निकाल्दै दलहरुले ८ प्रदेश रोजेको नेताहरुको भनाई छ । प्रदेशको नामाङ्कनको जिम्मा सम्बन्धित प्रदेशलाई दिने र आयोग नै बनाएर सीमाङ्कनको टुङ्गो लगाउने उनीहरुको तयारी छ ।