शिक्षकशिक्षिका सामुदायीकमा \ छोराछोरी भने निजीमा
क्रान्ति शाह, वीरगन्ज ।
पर्साका सामुदायिक विद्यालयका अधिकांश शिक्षक शिक्षिकाहरुले आफना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गरेको पाइएको छ । जिल्लाका सरकारी विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये ८० प्रतिशत भन्दा बढीले आफना छोराछोरीलाई नीजी विद्यालयहरुमा भर्ना गरेका हुन् । निजी विद्यालयमा अध्यापनरत शिक्षकहरु भन्दा दक्ष, अनुभवी र तालिम प्राप्त शिक्षकहरु सरकारी विद्यालयमा भएपनि सरकारी विद्यालयकै शिक्षकहरुले आफना बालबालिकालाइ नीजी विद्यालयमा पढाइरहेका हुन् ।
पर्साका ग्रामीण क्षेत्रका सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुले आफना छोराछोरीलाइ सदरमुकाम वीरगन्ज, हेटौडा, काठमाण्डौ लगायतका शहरमा रहेका महंगा निजी विद्यालयमा भर्ना गराएका छन् । सरकारी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने भएपनि सामाजिक रवाफका कारण उनिहरुले सामुदायिक विद्यालयमा राम्रो पढाइ हुन्न भने सोचले ग्रसीत भइ निजी विद्यालयमा आफना छोराछोरीलाइ पढाइरहेको जितपुर स्थित बित्तो महत्तो माविका व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार सिंहले बताउनु भयो ।
उहाँले आफनै विद्यालयका अधिकांश शिक्षकहरुले पनि आफना छोराछोरीलाइ नीजी विद्यालयमा भर्ना गरेको बताउनु भयो ।यस्तै विजयवस्ती उच्च माविका प्राचार्य नारायण लामाले सरकारी विद्यालयमा कार्यरत शिक्षकहरु भ्रममा परेका कारण यस्तो भइरहेको बताउनु भयो । उहाले निजी भन्दा सामुदायिक विद्यालयमा पठनपाठन गुणस्तरीय भएपनि सरकारी विद्यालयका शिक्षकहरुमा गलत भ्रम रहेकाले यस्तो समस्या देखिएको बताउनु भयो ।