टर्कीमा एकेपीलाई झड्का
जेठ २५, एजेन्सी ।
टर्कीमा सत्तारुढ एकेपी पार्टिले १३ बर्षे ईतिहासमा पहिलो पटक बहुमत गुमाएको छ । निर्बाचनमा राष्ट्रपति रेचेप तैयप एर्दोआन आफ्नो बहुमत रक्षा गर्न असफल बनेका हुन् । सन् २००३ मा देशको प्रधानमन्त्री बनेका एर्दोआन अघिल्लो बर्ष राष्ट्रपतिमा निर्बाचित भएका थिए ।
टर्कीमा राष्ट्रपति प्रणाली लागु गर्न उनलाई दुईतिहाई बहुमतको आवश्यता थियो । तर यो चुनावले उनलाई नराम्ररो झट्का दिएको छ । संसदमा बहुमतका लागि आवश्यक २ सय ७६ सीट मध्ये उनको पार्टीले २ सय ५८ सिट मात्र हासिल गरेको छ । उनको पार्टी बहुमतबाट १८ सिट टाढा रहेकाले अन्य दलहरुसंग मिलेर मात्र सत्ता चलाउन सक्नेछन् ।