रुस र कतारको बिश्वकप फुटबल आयोजना संकटमा
जेठ २५, एजेन्सी ।
रुस र कतारले बिश्वकप फुटबल आयोजना गर्न नपाउने संम्भाबना बढेको छ । सन् २०१८ र २०२२ को फुटबल आयोजक राष्ट्रले मोटो रकम घुस दिएको भन्दै अनुसन्धानका क्रममा उचित प्रमाण फेला गरे उनीहरुको आयोजनाको हैसियत नै रद्द हुने एन्फा अधिकारीहरुले बताएका छन् ।
फिफाका बरिष्ठ अधिकारी डोमेनिको स्कालाले रुस र कतारबाट मोटो रकम फिफाका अधिकारीहरुले लिएको भन्ने आरोप माथि अनुसन्धान भैरहेको बताए । फिफाका लेखा अडिट प्रमुखको समेतको जिम्मेबारी पाएका स्कालाले कतार र रुसमाथि सो आरोप पुष्टि भए उनीहरुको आयोजना नै रद्द हुने बताए । अनुसन्धानका क्रममा उनीहरु बिरुद्ध भ्रष्टाचारको प्रमाण फेला परेको स्कालाको भनाई थियो । यद्यपी रुस र कतारले भने बिश्बकप फुटबल आयोजनाका लागि आफ्नो राष्ट्रले कुनै रकम लेनदेन नगरेको दाबी गरेका छन् ।