आर्मी र रुपन्देही भिड्दै
बुटवल, २५ जेठ ।
१८ औ तिलोत्तमा गोल्डकपको उपाधिका लागि आज आयोजक रुपन्देही ११ र नेपाल आर्मीबिच प्रतिस्पर्धा हुदैछ । खेल आज अपरान्ह बुटबलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ । भारतको दार्जेलिङ ११ लाई पराजित गर्दै उपाधि नजिक पुगेको आयोजक रुपन्देही ११ ले बलियो प्रतिद्वन्दी झापा ११ लाई पराजित गर्दै फाईनलमा प्रबेश गरेको नेपाल आर्मिसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
विजेताले नगद ३ लाख ७५ हजार र उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, डिफेण्डर, मिडफिल्डर, स्टाईकर गरी पाँच विधामा जनही १५ हजारको दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।