यमनमा ४४ जनाको मृत्यु
जेठ २५, एजेन्सी ।
यमनको राजधानी सानामा बिद्रोही बिरुद्ध साउदी गठबन्धन सेनाले गरेको आक्रमणमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य सय भन्दा बढि घाईते भएका छन् । गठबन्धन सेनाले बिद्रोहीको सैन्य मुख्यालयलाई लक्षित गरी सो हबाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।
हुथी बिद्रोही बिरुद्ध साउदी गठबन्धन सेनाले सो ईलाकामा ४ ठुला बिष्फोट गराएका थिए । यसैबीच साउदी अरेबियाले बिद्रोही बिरुद्ध गरेको सो आक्रमणलाई अमेरिकाले समेत समर्थन गरेको छ । पछिल्ला दिनहरुमा हुथी बिद्रोहिले आतंकबादी गतिबिधिलाई तिब्र पारेपछि ऊ बिरुद्ध कारबाही आबश्यक रहेको समेत अमेरिकाले दाबी गरेको छ ।