Live Streaming

संविधानसभा शोक प्रस्तावमा सीमित हुने

काठमाडौं, २५ जेठ ।
संविधानसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । नेपाली कंग्रेसका पूर्व सांसद डा. गोपाल कोईरालाको गत शनिवार निधन भएपछि बैठक शोक प्रस्ताव पारित गर्नमै सीमित हुने भएको हो । गत बैशाख १२ गतेको बिनाशकारी भुकम्पपछि सभासद्हरु राहत बितरण, पुर्ननिर्माण र पुनस्थापनामा केन्द्रित भएको भन्दै  पछिल्ला तीन वटा बैठक समेत सूचना टाँसेर स्थगित भएका थिए । आजको बैठक अपरान्ह ३ बजेका लागि बोलाईएको छ । गत शनिवार बिराटनरस्थित आफ्नै निवासमा निधन भएका डा. कोईराला झापा क्षेत्र नम्बर ६ मा २०५६ सालमा भएको उपनिर्वाचनमा विजयी हुनु भएको थियो ।  


संविधानका विवादित अन्तरबस्तुमा सहमतिको गंभिर छलफलमा रहेको भन्दै संविधानसभा अध्यक्ष सुवास नेम्बाङ्गले दलहरुलाई समय दिदै आउनुभएको छ । सविधानसभा सचिवालयका एक उच्चअधिकारीकाअनुसार, आजसम्ममा दलहरुबीच सहमति नभए अध्यक्ष नेम्बाङ्गले संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउने तयारी गर्नुभएको थियो ।