Live Streaming

दलहरु निर्णायक वार्तामा

काठमाडौं, २५ जेठ ।
संविधानका विवादित अन्तरबस्तुमा सहमति जुटाउने प्रयास स्वरुप प्रमुख चार राजनीतिक पक्षबीच वालुवाटारमा छलफल भईरहेको छ । चार पार्टीका चार शीर्ष नेता सहित सहभागी बैठक संघिताका विवादित बिषयमा सहमति खोज्न केन्द्रित छ ।

दलहरुबीच लामो समयदेखि विवाद रहदै आएको प्रदेशको संख्या, नामाकंन र सीमाकंनका विषयमा निष्कर्षमा पुगिने गरी छलफल भईरहेको नेताहरुले बताएका छन । बिगतका सहमति र वार्तालाई आधार बनाई आजको बैठकलाई निश्कर्षमा पु¥याउने पहल भईरहेको वालुवाटार स्रोतले जनाएको छ ।

प्रदेशको संख्यामा एमाले समेत लचक बनेपछि वार्ता सकारात्मक रुपमा अगाडि बढेको हो । कंग्रेस र एमालेको ७ प्रदेश र एकीकृत माओवादी नेतृत्वको बिपक्षी मोर्चाले अघि सारेको १० प्रदेशसहितको छुट्टाछुट्टै ९ बुँदे अवधारणालाई आधार बनाएर सहमित जुटाउन दलहरु जुटेका हुन् । सीमांकनको जिम्मा राज्यपुनःसंरचना आयोगलाई र नामकरणको जिम्मा सम्बन्धित प्रदेश सभालाई दिने भए कंग्रेस एमाले तथा नामाङ्कन र सीमाङ्कनको विवाद अहिले नै टुङ्याएर जाने भए एकीकृत माओवादी पनि पुरानो अडान छाड्ने मनस्थितिमा छन ।