न्यायपरिषद् सदस्यका लागि सिटौला सिफारिस
जेठ २४, काठमाण्डौं । सरकारले न्यायपरिषद्को सदस्य नियुक्तिका लागि बरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलालाई सिफारिस गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाले आज विहान राष्ट्रपति कार्यालयमा पत्र पठाएर सिटौलालाई न्यायाधीश पदमा नियुक्त गर्न सिफारिस गर्नुभएको हो ।
५ सदस्यीय न्यायपरिषद्मा प्रधानमन्त्रीबाट सिफारिस हुने पद लामोसमयदेखि खाली थियो ।
३५ बर्षदेखि निरन्तर वकालत गर्दै आउनुभएका सिटौला नियुक्त भएपछि अब परिषद्मा एक जनाको मात्रै पद खाली हुनेछ । बार एसोसिएनसनबाट नियुक्त उपेन्द्र केशरी न्यौपानेले पदावधी बाँकी छँदै गत जेठ १८ गते राजिनामा दिएपछि न्यायपरिषद्मा एउटा पद अझै रिक्त छ ।