Live Streaming

संविधानसभाको भोलिको बैठक स्थगित हुने


२४ जेठ, काठमाडौं । संविधानसभाको भोलिको बैठक पनि स्थगित हुने भएको छ । पूर्व सांसद डाक्टर गोपाल कोइरालाको निधन भएकाले भोलिको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

गत माघदेखि पटक पटक स्थगित भइरहेको संविधानसभाको बैठक बैसाख १२ को भुकम्पपछि मात्रै २ चोटी स्थगित भइसकेको छ ।  

कोइराला २०५६ सालमा झापाको क्षेत्रनम्बर ६ मा भएको उपनिर्वाचनमा बिजयी हुनुभएको थियो । कलेजोको खराबीका कारण लामो समयदेखि थलिएका कोइरालाको गएराति आफ्नै निवासमा निधन भएको थियो । कोइराला कंग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला झापा जिल्ला सभापति भएका बेला उपसभापति हुनुहुन्थ्यो ।

उहाँ कंग्रेसको महासमिति सदस्य पनि हुनुहुन्थ्यो ।