Live Streaming

४.६ रेक्टर स्केलको भुकुम्प गयो

काठमाडौं :  आज बिहान सिन्धुपाल्चक केन्द्रबिन्दु भएको भूकम्प गएको छ ।  बिहान ११ बजेर २ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिनासकारी भूकम्प गएको करिब डेढ महिना पुगिसक्दा पनि अझै पराकम्प जानेक्रम रोकिएको छैन । पराकम्प जानेक्रम पछिल्ला दिनमा  कम हँुंदै गएको छ ।  यसअघि शनिबार राति १० बजेर ४५ मिनेटमा दोलाखालार्इ केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।