Live Streaming

करेण्ट लागेर एकको मृत्यु

काठमाडौं,२२ जेठ । करेन्ट लागेर बारामा विधुत प्राधिकरणका एकजना मजदुरको मृत्यु भएको छ । मझरिया १ का ३० वर्षीय  जटाशंकर यादवको आज बिहान साढे एघार बजे करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कलैया नगरपालिका वडा नम्बर ४ मा बिजुलीको तार मर्मत गर्ने क्रममा यादवलाई करेन्ट लागेर ज्यान गएको हो । यादव नेपाल विद्युत  प्राधिकरण कार्यालय कलैयामा दैनिक ज्यालादारीमा कार्यरत थिए ।