काठमाडौं केन्द्रबिन्दुु भएको भुकुम्प गयो
काठमाडौं,२२ जेठ । आज दिउँंसो २ बजेर १६ मिनेट जाँदा काठमाडौलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प मापन गरिएको छ । राष्टिय भुकम्प मापन केन्द्रले जनाएअनुसार यसअघि आजै बिहान १० बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टरस्कलेको परमकम्प मापन गरिएको थियो । हिजोभने एकमात्रै पराकम्पन मापन गरिएको थियो । बिनासकारी भूकम्प गएको करिब डेढ महिना पुगिसक्दा पनि अझै पराकम्प जानेक्रम रोकिएको छैन । पराकम्प जानेक्रम पछिल्ला दिनमा निकै कम हँुंदै गएको छ ।
यसैबिच, बैशाख १२ र २९ गते आएको विनासकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ७ सय १० पुगेको छ । त्यसैगरी भूकम्पमा परी २२ हजार ४ सय ९३ जना घाइते भएका छन । पछिल्लो पटक आज बिहान ११ बजे प्रहरीले गराएको जानकारी अनुसार भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७ सय २९, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४ सय ६१, पश्चिम क्षेत्रमा ४ सय ५० र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा उपत्यकामा १ हजार ३ सय १७, पूर्व क्षेत्रमा ४ सय ५२, मध्य क्षेत्रमा ७ हजार ७ सय ४४, पश्चिम क्षेत्रमा १ हजार २ सय ४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।
अहिलेसम्म मृतक ८ हजार ६ सय ७१ जनाको शव आफन्तलाई बुझाइ सकिएको छ । घाइतेमध्ये ४ हजार ४०५ जना विभिन्न अस्पतालमा उपचारत छन् । भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १ सय ८८ वटा भौतिक संरचनाहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । पूर्व क्षेत्रमा ४५ हजार ९ सय ३०, मध्य क्षेत्रमा २ लाख ८ सय ६२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पबाट पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ३ सय २६, मध्य पश्चिम क्षेत्रमा दश हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १ सय ४८ गरी जम्मा ४ लाख ६९ हजार ५ सय ३९ भौतिक संरचनाहरु क्षती भएका छन् ।