Live Streaming

बिमानस्थलको धावनमार्गमा मर्मत

काठमाडौं, २२ जेठ ।
भुकम्पपछिका केही दिन अत्यन्तै ब्यस्त बनेको नेपालको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलको धावन मार्ग मर्मत गरिएको छ । दर्जनौंको संख्यामा दैनिकजसो राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भएपछि चर्किएको धावन मार्गको आज बिहान ३ घण्टा लगाएर मर्मत गरिएको हो । राहत सामाग्री बोकेर आएका बिमानका कारण धावन मार्ग चर्किएको थियो ।

मर्मत सुरु भएपछि बिहान ७ बजेदेखि ३ घण्टा अन्तराष्ट्रिय उडान प्रभावित भएका थिए । सोही समयमा नेपाल आउने टर्किस एयरको बिमान भारतको देल्लीमा अवतरण गरेको थियो भने ओमान एयरको बिमानलाई लखनऊ डाईभर्ट गरिएको बिमानस्थलले जनाएको छ । मर्मत पछि अहिले भने राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु नियमित सञ्चालनमा छन् ।