घानामा मृत्यु हुनेको संख्या १ सय ७५ नाघ्यो
जेठ २२, एजेन्सी ।
घानाको राजधानी आक्रामा रहेको पेट्रोल पम्पमा आगो लाग्दा मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ । घटनापछि सुरक्षाकर्मीले सो क्षेत्रमा नाकाबन्दी गरेपनि नजिकैको आवासीय स्थलबाट आगो थप फैलिएको मृत्यु हुनेको संख्या बढेको अनुमान गरिएको छ । घटनापछि राष्ट्रपति जोन दरमानी महामाले ३ दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ ।
राष्ट्रपतिले यो निकै ठूलो दुर्घटना भएको र यति धेरैले ज्यान गुमाउका यसअघि कहिल्यै नभएको बताउनुभएको विविसीले जनाएको छ । भीषण वर्षा र बाढीका कारण त्यहाँका विद्युत आपूर्ति केन्द्रहरु डुबानमा परेकाले विद्युत आपूर्ति ठप्प छ ।