प्रम राहत कोषमा थाईल्यान्ड सरकारद्वारा ४० करोड रूपैयाँ सहयोग
काठमाडौं, २२ जेठ ।
भूकम्पपीडित नेपालीका लागि थाईल्यान्ड सरकारले ४० करोड रूपैयाँ सहयोग प्रदान गरेको छ । राजधानी ब्याङककमा आज आयोजित एक कार्यक्रमका बीच थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चानोचाले नेपालका राजदूत खगनाथ अधिकारीलाई दश करोड र संयुक्त राष्ट्रसघंीय विश्व स्वास्थ्य सङ्गठन, बालकोष, मानवीय समन्वयकर्ताको कार्यालयलाई ३० हस्तान्तरण गर्नुभएको ब्याङककस्थित नेपाली दूताबासले जनाएको छ । यसअघि थाइल्यान्ड सरकारले भुकम्पपीडितका लागि दुई करोड उपलब्ध गराएको थियो ।
यसैबीच, बैशाख १२ गतेको विनासकारी भुकम्प पछि पराकम्प आउने क्रम जारीरहे पनि निकै कमी भने आएको छ । आज बिहान १० बजेर दुई मिनेटमा सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४.१ म्याग्निच्युडको पराकम्प गएको छ । हिजो अपरान्ह सवा चार बजेदेखि चार म्याग्निच्युड माथिको पराकम्प गएको थिएन । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार पराकम्पनका क्रम घट्दै गएका छन् ।