एमालेको स्थायी समिति पनि स्थगित
काठमाडौं, २२ जेठ ।
भूकम्पपछिको अवस्था, सरकार परिवर्तन र संविधान निर्माणका विषयमा छलफल गर्न आज बस्ने भनिएको एमालेको स्थायी समिति बैठक सथगित हुन पुगेको छ । दिउँसो २ बजेका लागि बैठक डाकिएपनि सोही समयमा मन्त्रिपरिषद बैठक र चार बजे शीर्ष बैठक भएकाले स्थायी समिति बैठक आजलाई स्थगित गरिएको एमालेले जनाएको छ ।
विभिन्न चरणमा दलहरुबीच भएको द्धिपक्षीय र त्रिपक्षिय छलफल पछि एमालले सरकार परिवर्तन र संविधानका अन्तरबस्तुका विषयमा निष्कर्षमा पुग्नको लागि स्थायी समिति बैठक तय गरेको थियो ।