४ जना मात्र बस्न ४ दलको बैठक ४ बजेसम्मलाई स्थगित
दीपक धिताल, काठमाडौं ।
राष्ट्रिय सहमतीय सरकार र संघियता लगायत संविधानका मूख्य विवादित विषय टुंगो लगाउने जिम्मेवारी पाएका चार राजनीतिक शक्तिबीचको बैठक अपरान्ह चार बजेका लागि सरेको छ । नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै विहान १० बजे डाकिएको बैठक ४ बजे चार दलका चार जना शीर्ष नेता मात्र छलफलमा बस्नेगरी सारिएको श्रोतले जनाएको छ । अपरान्ह बस्ने बैठकमा राज्यपुनसंरचनाको विवादित बिषय टुङ्गो लगाउनेबारे छलफल केन्द्रित रहने नेताहरुले बताएका छन् । दलहरुबिच बिबादित बनेको प्रदेशको सीमाङ्कन र नामाङ्कनमा पनि शिर्ष नेताहरु बीच सहमती जुटाउने गरी छलफल भैरहेको श्रोतले जनाएको छ ।
यसअघि हिजो बसेको बैठकले तत्कालै सरकार र संविधानका मुख्य विवादित विषयमा सहमति खोज्ने जिम्मा दलका शीर्ष नेतालाई दिएको हो । असार मसान्तभित्र नयाँ संविधान जारी गर्दै पुनःस्थापना र राष्ट्रिय सरकार निर्माण गर्ने सहमतिपछि दलहरुबीच नयाँ संविधानको अन्तरबस्तुमा छलफल केन्द्रीत छ ।